रामचन्द्र पौडेलको जित निश्चित छ : कांग्रेस नेता सिटौला

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलको विजय सुनिश्चित रहेको दाबी गरेका छन् । पौडेललाई उम्मेदवार बनाउन पार्टीले सर्वसम्मत निर्णय गरेको बताउँदै सिटौलाले पार्टीभित्र र बाहिरबाट कांग्रेसको उम्मेदवारलाई ऐतिहासिक साथ रहने बताए ।

सिटौलाले पौडेलको जित सुनिश्चित रहेको पनि दाबी गर्दै आफ्नो पनि राष्ट्रपतिको उम्मेदवारको रूपमा नाम आउनु स्वाभाविकै भए पनि अन्तिममा पार्टीले पौडेललाई बनाउने निर्णय गरेको प्रतिक्रिया दिए ।

‘सर्वसम्मत रूपमा उम्मेदवारमा सहमति जुटेको हो । मेरो पनि चर्चा थियो र चर्चा हुनु स्वाभाविक हो’, सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग भने, ‘तर हामीले उहाँलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने निर्णय ग¥यौँ ।’ अब पौडेललाई तपाईँको सहयोग रहन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले, ‘सबैको सहयोग रहन्छ । भित्र बाहिर जति छन् सबैको सहयोग रहन्छ । विजय निश्चित छ । निर्वाचन हो सबैलाई ल्याउने र ऐतिहासिक नतिजा ल्याउने हो ।’
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्