राष्ट्रपति चुनाव

बालुवाटार बैठक : थप छलफल गरेर ५ बजे फेरि बस्ने

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– राष्ट्रपतिको उम्मेदवार चयनका लागि करिब साढे ३ घन्टा लामो बालुवाटार बैठक निष्कर्षविहीन बनेको छ । 

गत १० पुसमा टुटेको ५ दलीय गठबन्धन आबद्ध दलहरूबीच राष्ट्रपतिको विषयमा टुंगो लगाउन भन्दै बसेको बैठकमा निष्कर्षमा नपुगी सकिएको हो ।

तत्कालीन गठबन्धनका ४ दलको बैठक साँझ फेरि बस्ने भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहानको बैठक सकारात्मक भएको र बेलुका फेरि बसेर टुंगो लगाउने बताए । 

‘आज बिहान पनि ४ दल एक ठाउँमा बसेर छलफल ग¥यौँ । विभिन्न विकल्पमा कुरा भयो । सकारात्मक भएको छ। आन्तरिक छलफलपछि आजै साँझ ५ बजे फेरि बैठक बस्ने गरी हामी उठेका छौँ ।’

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।  

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी थिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्