सकियाे बालुवाटार बैठक, ब्युँतिएला त पुरानाे गठबन्धन ?

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– तत्कालीन सत्ता गठबन्धन दलहरूको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठक सकिएर नेताहरू बाहिरिएका छन् । 

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न बैठक बसेको हो । बैठकमा के सहमति भयो, खुल्न सकेको छैन । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । 

कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

पुरानै गठबन्धन ब्युँताउने तयारीमा दलहरू छन् । प्रधानमन्त्री दाहालले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निर्णायक वार्ता गर्दै छन् । 

सत्ता गठबन्धनको एमालेले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ । त्यस्तै पुरानो गठबन्धनभित्र पनि एमालेबाहेकको राष्ट्रपति बनाउनुपर्नेमा छलफल तीव्र बनाइएको छ ।

पुरानो गठबन्धनका दलहरू कांग्रेस र एकीकृत समाजवादीले राष्ट्रपतिका लागि दाबी गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्