यू–१९ विश्वकप छनोट : सिंगापुरविरुद्ध उत्रँदै नेपाल

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– युएईमा आजदेखि सुरु हुने आइसिसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपाल आज सिंगापुरविरुद्ध उत्रँदै छ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । यो खेल युएईको अमजानमा हुनेछ ।

नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएई गएको हो । नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्ने लक्ष्यमा हुनेछ ।

सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालले कप्तानी गर्दैछन् । टोली जगत टमाटाको प्रशिक्षणमा रहेको छ । 

छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोविन लिगका खेलपछि शीर्ष स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्