बार्सिलोना बाहिरियो, युनाइटेड अन्तिम १६ मा

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना युरोपा लिगको नकआउट चरणको प्ले अफबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै स्पेनिस महारथी बार्सिलोना बाहिरिएको हो । 

युनाइटेडले नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोनालाई राति २–१ ले हराएका हो । समग्रमा ४–३ को जितसहित युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको हो ।

क्याम्प नाउमा भएको पहिलो लेगमा युनाइटेड र बार्सिलोनाले २–२ गोलको बराबरी खेलेका थिए ।

ओल्ड ट्राफोर्डमा भने युनाइटेडले एक गोलको अग्रता उल्टाएर जित निकाल्न सफल भयो ।

खेलको १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिला पनि बार्सिलोनाले त्यो कायम राख्न सकेन ।

खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित मात्र दिलाएनन्, अन्तिम १६ मै पुर्याए ।

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि बार्सिलोनाले युरोपा लिग खेलेको थियो । त्यसबाट पनि बाहिरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्