जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ : अध्यक्ष यादव

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताएका छन् । 

आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिए ।

उनले भने, ‘जबसम्म अहिलेको सरकार साझेदार दलहरूको लाइन क्लियर हुँदैन तबसम्म नयाँ–पुरानो के अर्थ हुन्छ र ? को कता भन्ने लाइन क्लियर भएको छैन, तर प्रधानमन्त्रीले सार्वजनिकरूपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राख्नुभएको छ ।’

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् । अहिले सिंहदरबारमा जसपा, नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रको बैठक बसिरहेको छ । 

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरुले आ–आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्