केपी ओली कपमा रचनाको गीत, बैकुण्ठ साक्षी [फोटो कथा]

बिहीबार, फागुन ११, २०७९

एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा बिहीबारबाट केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको अध्यक्ष ओलीले ललितपुरको च्यासल मैदानमा उद्घाटन गरेका छन । ८ वटा टोलीले प्रतियोगितामा सहभागिता रहको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरू हुनेछन् भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् ।
यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । उद्घाटनका अवसरमा रचना रिमालले संगीतिक प्रस्तुती दिएकी थिइन् । त्यस अवसरमा प्रसिद्ध धावक बैकुण्ठ मानन्धर पनि उपस्थित थिए ।

16771448286461677147130.jpg

16771448286701677147143.jpg

16771448287081677147157.jpg

16771448287201677147171.jpg

16771448287321677147188.jpg

16771448287451677147207.jpg

16771448287901677147224.jpg

16771448288121677147240.jpg

16771448288311677147257.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्