Nic Ad Nic Ad
Nic Ad Nic Ad

५७.७४ अंकले घट्यो सेयर बजार, साढे २ अर्बभन्दा बढीको कारोबार

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– साताको पाँचौ दिन विहीबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक ५७ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, बिहीबार परिसूचक ५७.७४ अंकले घटेको छ । बजार सो अंकले घटेर २०२२.६४ विन्दुमा कारोबार बन्द भएको छ 

बिहीबार २.७८ प्रतिशतले घटेको सेयर बजारमा ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ५२ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिनको कारोबारमा २०३ कम्पनीका ऋणपत्रको मूल्य घटेको छ भने १४ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । १ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि नेपाल हाइड्रो डेभलपर लिमिटेड, सामलिङ पावर कम्पनी लिमिटेड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ–२ कम्पनीले भने नाफा कमाएका छन् । 

यस्तै, विभिन्न ३७ वटा कम्पनीको सेयर मूल्य भने १० प्रतिशतको हाराहारीमा घटेको छ । 

छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको  ८ करोड ७० लाख ७३ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त बैंकको २ लाख ७६ हजार ७५८ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको १४६८ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्