१० पुसको सहमति नमाने सरकारमा बस्दैनौँ : योगेश भट्टराई

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– एमाले सचिव योगेश भट्टराईले १० पुसको सहमति कार्यान्वयन नभए सरकार बस्ने बताएका छन् । 

बिहीबार रुकुम पश्चिममा आयोजित पत्रकार भेटघाटमा उनले पुस १० को सहमतिअनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका हुन् ।

प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गर्दै सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदि नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताएका हुन् । 

उनले भने, ‘तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो । सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको र त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ । यदिसहमति विपरीत हुने अवस्था आएमा एमाले सरकारमा रहँदैन ।’

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्