स्पट फिक्सिङमा मुछिएका ३ जना खेलाडी धरौटीमा रिहा

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– स्पट फिक्सिङको आरोपमा पक्राउ परेका तीनैजना क्रिकेट खेलाडी जिल्ला अदालत काठमाडौंको आदेशपछि रिहा भएका छन् । 

बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले उनीहरूलाई ३–३ लाख धरौटीमा रिहा गर्न आदेश दिएका थियो । 

प्रहरीले पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलम, अहिलेका राष्ट्रिय खेलाडी आदिल अन्सारी र वीरगन्जका खेलाडी नितेश गुप्तालाई पक्राउ गरेको थियो ।  प्रहरीले फिक्सिङमा संलग्न भएको दाबी गरेका नवीन कँडेल र रवि माझी भने फरार छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्