बेलायतस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो

बिहीबार, फागुन ११, २०७९

लन्डन– दूतावास भवन बाहिर फेला परेको शंकास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले बेलायतको लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो । 

तर बुधबारदेखि शंकास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दुतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ । स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शंकास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन्ू लन्डनस्थित अमेरिकी दूतावासले ट्विट गरेको छ। 

यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवादसमेत व्यक्त गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्