प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का नेताहरुसँगको भेटघाट लगत्तै बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज साँझ देउवा बालुवाटार पुगेका हुन् । केहि समयअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि बालुवाटार पुगिसकेका छन् ।

आजै देउवालाई भेट्न जसपा अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए । उनीहरुबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो । अध्यक्ष यादवसँगको भेटघाट लगत्तै सभापति देउवाले नेकपा एसका अध्यक्ष माधव नेपालसहित महासचिव वेदुराम भुसाल, घनश्याम भुसाल र प्रवेश हमाल लगायतलाई भेटेका थिए । 

उक्त भेटमामा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी थिए ।

त्यस्तै, आजै बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो । प्रचण्डले राष्ट्रिय सहमतिको अडान नछाडेपछि सत्ता गठबन्धन भत्किने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार