देउवालाई भेट्न धुमबाराही पुगे माधव नेपाल

बुधबार, फागुन १०, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।

पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवावमा पुगेका हुन् । 

नेकपा एसको आज बसेको सचिवालय बैठकले कांग्रेस, माओवादीसहितका दलहरूसँगको छलफलपछि मात्रै राष्ट्रपतिबारे निर्णय लिने निर्णय गरेको थियो ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४ घन्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल शीर्ष नेतालाई लिएर धुमबाराही पुगेका हुन् । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्