नेभिगेशन
समाचार

नक्कली किसान खडा गर्नेलाई कारबाही माग

काठमाडौँ– नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेलाई कारबाही गर्न माग गरेका छन् । 

सांसद भण्डारीले उत्पादनका आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले किसानलाई बेलैमा मल, बिउ र सिँचाइको आवश्यक व्यवस्था मिलाउने काममा कसले अवरोध पुर्‍यायो ? भनी सरकारलाई प्रश्नसमेत गरे । 

उनले बिचौलियाले असाधारण नाफा कमाउने तर उपभोक्ता मारमा पर्ने गरी कृषि अनाजको खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि सरकारलाई सुझाव दिए । 

सांसद भण्डारीले कृषिमा आवश्यक अनुदानको व्यवस्था नहुँदा हाम्रा उत्पादन महँगो पर्न गएको उल्लेख गर्दै सस्तोमा उत्पादन हुने गरी नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई दबाब दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार