राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन गरेको छ ।

बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

प्रकाशित नामावलीअनुसार संघीय संसदका ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

उनले प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी तथा नामावली सच्चाउने काम बिहीबार १२ बजेसम्म गर्न सकिने बताए ।

निवेदन वा उजुरी पर्न आएमा जाँचबुझ गरी शुक्रबार ४ बजे अन्तिम नामावली प्रकाशन गरिने पौडेलले जानकारी दिए ।

राष्ट्रपतिको पदका लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदै छ । संघीय संसद्का प्रतिसदस्य ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार ३८६ गरी ५२ हजार ७८६ मतभार कायम हुने आयोगले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचन भने आगामी चैत ३ गते हुने गरी मिति तय गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्