पुरानै स्वरूपमा फर्किंदै छ त्रिचन्द्र कलेज [तस्बिर कथा]

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– त्रिचन्द्र कलेजको प्रबलीकरणको काम धमाधम चलिरहेको छ ।

२०७२ सालको भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको प्रबलीकरणको काम गत पुसमा सुरु भएको हो । २ वर्षमा सक्ने गरी काम भइरहेको छ ।

विश्व सम्पदा सूचीमा रहेको त्रिचन्द्र कलेजको प्रबलीकरणमा पुरानै निर्माण सामग्रीको प्रयोग गरिने भएको छ । घन्टाघरतर्फ रहेको त्रिचन्द्रको पुरानो भवनको केही भाग प्रबलीकरण भइरहेको छ भने सोही भवनको दक्षिणतर्फको भवन पुनर्निर्माण गर्न थालिएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले त्रिचन्द्र क्याम्पसको प्रबलीकरण र पुनर्निर्माणको काम थालेको हो ।

आयोजना उपनिर्देशक प्रभाकरलाल कर्णका अनुसार पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरू अस्थायी ‘प्रि–फ्याब’कोठाहरू बनाएर सारिएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्