राष्ट्रपतिका लागि दौडधूप : देउवा भेट्न पुगे लोसपा नेता

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– राष्ट्रपतिको उम्मेदवारबारे राजनीति गर्माएका बेला लोसपा नेताहरू नेपाली कांग्रेससँग छलफलमा जुटेका छन् । 

लोसपा नेताहरू बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास धुमबाराही पुगेका हुन् ।

२ दलका नेताहरूबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल जारी छ । लोसपा अध्यक्ष ठाकुरसहित शीर्ष नेता धुमबाराही पुगेका हुन् ।

लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिका रूपमा प्रस्ताव गरेको छ । राष्ट्रपतिमा ठाकुरलाई समर्थन गर्न कांग्रेसलाई आग्रह गर्न लोसपा नेताहरू धुमबाराही पुगेका हुन् । 

लोसपा नेताहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका थिए । ती भेटमा पनि उनीहरूले महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन आग्रह गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्