क्लीन स्वीप ! हाम्रो राष्ट्रीय क्रिकेट टीमको क्या गज्जबको जीत : अध्यक्ष ओली

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि नेपाली राष्ट्रीय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

मंगलबार अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियनमा रोमाञ्चक जितसँगै त्रिकोणात्मक श्रृंखला स्वीप गरेपछि बधाई दिएका हुन्  ।

अध्यक्ष ओलीले भनेका छन्, क्लीन स्वीप! हाम्रो राष्ट्रीय क्रिकेट टीमको क्या गज्जबको जीत। डिभिजन टु वर्ल्ड क्रिकेट लिगमा नेपालले नामिबिया र स्कटल्याण्ड जस्ता वर्ल्ड कप टीमका बिरूद्ध राम्रो खेल्यो। टीम क्याप्टेन रोहित पौडेल, सिंगो राष्ट्रीय टीम र क्रिकेट संघ, नेपाललाई हार्दिक बधाई सहित नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना !’

यसअघि, नेपाली राष्ट्रीय क्रिकेट टोलीलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्