योगेशको दाबी– एमालेबाहेक कसैले बहुमत ल्याउन सक्दैनन्

मंगलबार, फागुन ९, २०७९

सुर्खेत– नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा एमालेबाहेक अन्य कुनै पनि दलले बहुमत ल्याउन नसक्ने बताएका छन् ।

मंगलबार प्रेस चौतारी नेपाल, जिल्ला समिति दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, सचिव भट्टराईले हाल बनेको गठबन्धन टुटाउन एमालेले कुनै प्रयास नगर्ने बताएका छन् ।

उनले भने, ‘हामी गठबन्धन टुटाउन चाहदैनौँ । सत्ता गठबन्धन टुटाउने एमालेले बिजनेस गर्दैन । अस्थिर राजनीतीले हामी कसैलाई फाइदा हुँदैन ।’

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर सोधिएको प्रश्नमा भट्टराईले भने, ‘हाम्रो कारणले कुनै हालतमा गठबन्धन टुट्दैन । तर, माओवादी केन्द्रका अध्यक्ष अस्थिर हुनुहुन्छ । कुनै गन्तव्यमा पुग्नका लागि स्थायित्व हुनुपर्ने हो । उहाँमा त्यो स्थिरता देखिँदैन ।’

माओवादी अब ठुलो पार्टी बन्न नसक्ने भन्दै यो गठबन्धन टुटाए प्रचण्ड चरम अवसरवादी भनेर चिनिने उनको भनाइ थियो । उनले भने, ‘उहाँलाई कांग्रेसले बाटोमा फालेको थियो, हामीले उद्धार गरेका हौँ । त्यसपछि सिंहदरबारमा पुयौँ । हामी कसैलाई साथ दिन तयार भएर बसेका थियौँ । उहाँ हामीलाई खोज्दै आउनुभयो ।’

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्