नेभिगेशन
अर्थ विविध

बैंक र वित्तीय संस्थाविरुद्ध धनगढीमा विरोध प्रदर्शन

धनगढी –बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको नीतिमा सुधारको माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

बैंक तथा वित्तीय संस्थाका कारण व्यवासायीलाई मर्का परेको भन्दै सुधारका लागि १० बुँदे माग राख्दै आन्दोलन थालेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघलगायत अन्य व्यावसायिक संघ सस्थाले मंगलबार धनगढीमा विरोध प्रदर्शन तथा आन्दोलन गरेका हुन् ।

धनगढीको चौराहदेखी पार्कमोडसम्म विरोध ¥याली निकालेका उनीहरूले सरकार, नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी समेत गरेका छन् । 

व्यवसायीले १ अंकको ब्याजदर कायम हुनुपर्ने, बैंकहरूको आन्तरिक खर्च कटौती गरी स्प्रेड दर ३ प्रतिशन हुनुपर्ने, सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी गत वर्षकै आधारमा लिइनु पर्ने, ब्याज बुझाउने म्याद ३५ दिन सम्म नियमित मान्नुपर्ने, लिलाम प्रक्रिया स्थगित गरिनुपर्ने र कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न कार्यक्रम ल्याउनुपर्ने माग राखेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध