नेभिगेशन
अर्थ विविध

थाई एअरवेजको सेल्फ ग्राउन्ड ह्यान्डलिङ खारेज

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एअरवेजले गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा रद्द गरेको छ ।

सोमबार प्राधिकरणले थाई एअरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउन्ड ह्यान्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आजको मितिदेखि थाई एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम बन्द भएको बताए ।

उनले थाई एअरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको बताए ।

उनले अब सम्पूर्ण सेल्फ ग्राउन्ड ह्यान्डलिङको काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने भएकाले सेवा नरोकिने बताए । उनले थाई एअरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवासमेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर घूस प्रकरणमा अनुसन्धानको चरणमा रहेकाले प्राधिकरणको निर्णयले केही परक नपर्ने बताए ।

विमानस्थलका महाप्रबन्धक ठाकुर घूस प्रकरणमा परेको थाई स्माइल पनि थाई एअरवेजकै सब्सिडरी कम्पनी हो । थाई स्माइलले उडान सञ्चालन सेवा दिए पनि थाइल्यान्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा रद्द गरिएको प्राधिकरणले बताएको छ ।

साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउन्ड ह्यान्डलिङ दिइने प्रावधान छ । विगतमा प्राधिकरणका महानिर्देशकले थाई एअरवेजले कोरियन, थाई स्माइल, क्याथे प्यासिफिक, सिंगापुरलगायत विभिन्न वायु सेवालाई मर्मत सम्भारको सेवा दिँदै आएको थियो ।

प्राधिकरणका अनुसार थाई एअरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता १ करोडभन्दा बढी छ ।

बन्द भएको थाई एअरवेजलाई ४ वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एन्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक ३ अर्ब रूपैयाँ गुम्दै आएको थियो ।

तर, प्राधिकरणको सोमबारको निर्णयले वार्षिक ३ अर्ब रूपैयाँ बाहिर जानबाट रोकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती