नेभिगेशन
अर्थ विविध

थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ खारेज, बार्षिक ३ अर्ब जाेगिने

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्द गरेको छ ।

सोमबार प्राधिकरणले थाइ एयरवेजको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवाको म्याद नथप्ने निर्णय गरेको प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

अब थाइ एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङको काम बन्द भएको उनले बताए । 

थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा पनि बन्द गर्ने निर्णय भएको निरौलाले बताए ।

अब भने सेल्फ ग्राउण्ड ह्याण्डलिङको सबै काम नेपाल वायु सेवा कम्पनीले नै गर्ने निरौलाले जानकारी दिए । 

थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा समेत विमानस्थलको मेन्टिनेन्स अर्गनाइजेसनबाट हुने गरी प्राधिकरणले निर्णय गरेको छ । 

विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले घुस मागेको भनिएको थाइ स्माइल थाइ एयरवेजकै सब्सिडरी कम्पनी हो । 

थाइ स्माइलले उडान सञ्चालन सेवा दिएपनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएको कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा रद्द गरिएको निरौलाले बताए । 

साताको ३५ वटा उडान गर्ने कम्पनीलाई मात्र सेल्फ ग्राउण्ड ह्याण्डलिङको दिइने प्रावधान रहेको छ । 

थाइ एयरवेजले कोरियन, थाइ स्माइल, क्याथे प्यासिफिक, सिंगापुर लगायत विभिन्न वायुसेवालाई मर्मतसम्भारको सेवा दिँदै आएको थियो । 

प्राधिकरणका अनुसार थाइ एयरवेजले विमानस्थललाई बुझाउनुपर्ने बक्यौता एक करोड रूपैयाँभन्दा बढी छ 

चार वटा एयरलाइन्सका जहाजलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ तथा जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा दिँदा मुलुकको वार्षिक तीन अर्ब रुपैयाँ गुम्दै आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती