नेभिगेशन
अर्थ विविध

नबिल बैंक र महिला उद्यमी महासंघबिच वित्तीय पहुँच विस्तारको समझदारी

काठमाडौं– महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बिच साझेदारी हुने भएको छ । 

साझेदारी  पत्रमा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एफविनकातर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन् । 

यो समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ ।

एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ ।

पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टल राख्ने भएको छ । ती स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित सामाग्रीहरु रहनेछन् । 

त्यस्ता उत्पादनले नबिलका कर्मचारी र यसका ग्राहकहरूलाई नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए । 

वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने विश्वास एफविनकी अध्यक्ष खत्रीको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती