नेभिगेशन
अर्थ विविध

सुन आयातमा कोटा सिस्टम हटाउन माग [विज्ञप्तिसहित]

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायीहरूले सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन माग गरेका छन् ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सुन आयातमा लगाइएको कोटा सिस्टम हटाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी बजारलाई नियन्त्रित तरिकाले कोटा सिस्टमबाट चलाइरहेकाले सरकारसँग सुन आयातको कोटा सिस्टम हटाउन माग गरे । उनले सुन आयातको कोटा सिस्टमका कारण बजारमा सुनको माग बढी भए पनि मागअनुसार बिक्री वितरण गर्न नपाएको बताए ।

उनले राज्यको कर दायित्व भुक्तानी गरी र स्वदेशी रोजगार सिर्जना गर्दै पेसा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न राज्यका तर्फबाट स्पष्ट मापदण्ड बनाई लागू गर्न र सुनचाँदी व्यवसायको विकास र प्रवद्र्धन हुने गरी ऐन नियम कार्यविधि निर्माण गर्न सरकारसँग आग्रह गरे । 

उनले कोटा सिस्टम क्षणिक समयका लागि हुने भए पनि सरकारले अहिलेसम्म कोटा प्रणाली नै राखिराख्नुले सुन तस्करी गरी ल्याउने क्रम बढेको बताए ।

उनले अहिलेको सुन आयातको सिस्टम नहटे सुनचाँदी पसल चलाउन नसकिने बताए ।

महासंघले बजारमा सिजनको समयमा ४० किलोको हाराहारीमा माग आए पनि १० किलो मात्रै सुन आयात भइरहेको जनाएको छ । विधिवत रूपले बैंकबाट आउने सुनबाहेक विदेशबाट आउने नेपालीले बिनाभन्सार ५० ग्राम र भन्सार तिरेर १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधाअनुसार सुन बजारलाई केही धानेको भए पनि अहिले प्रहरीले त्यसरी सुन ल्याउने व्यवसायीहरूलाई पक्राउ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप महासंघको छ ।

महासंघले विगत १३ वर्षदेखि लागू हुँदै आएको राष्ट्र बैंकको परिपत्र र एकाधिकार व्यवस्थाको समीक्षा हुन जरुरी रहेको बताएको छ ।

नेपाली मौलिक गरगहनाहरू विश्वव्यापी रूपमा माग भइरहेको सम्बन्धमा गरगहना निर्यातका लागि स्थानीय बजारको व्यवस्थापनका लागि र घरघरमा रहने आमउपभोक्ताको सम्पत्तिका रूपमा रहनका लागि सुनचाँदी गरगहनाको यो पेसा व्यवसायलाई आवश्यक नीति, नियम र ऐन कानुन निर्माण गर्न आवश्यक रहेको बताएको छ ।

gold1(1)1676892040.jpg

111676892237.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती