ॐकार शक्ति नेपालकाे १००८ त्रिशूल पदयात्रा [तस्बिर कथा]

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– ॐकार शक्ति नेपालले १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ । कामठाडौँको पशुपति परिसरमा ॐकार शक्ति नेपालले त्रिशूल पदयात्रा गरेको हो ।

विश्व शान्ति र राष्ट्रिय जागरणका लागि त्रिशूल यात्रा गरिएको ॐकार शक्ति नेपालका प्रवक्ता शेरबहादुर ओलीले जानकारी दिए । 

ओलीका अनुसार पशुपति परिसरमा त्रिशूल यात्रा गरिएको थियो । पशुपति परिसरमा रहेको सुमार्गी भवनबाट सुरु भएको यात्रा गौशाला, मित्रपार्क, उमाकुण्ड हुँदै पशुपति परिसरमा गएर समापन भएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्