देव गुरुङको प्रश्न–कुन मुद्दामा पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्ने ?

आइतबार, फागुन ७, २०७९

पोखरा –माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पूर्वाराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने प्रश्न गरेका छन् ।

प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव गुरुङले प्रश्ज गरे, ‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ? देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ ।’ ‘तर पूर्वराजाले संविधान र गणतन्त्र स्वीकार नगरेकाले कुन मुद्दामा सहकार्य गर्ने प्रश्न गरे ।

उनले पूर्वराजासँग कुनै सहकार्यको औचित्य नरेहको पनि बताए । 

सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्ति नै  राष्ट्रपति हुने गुरुङले बताए । ‘वर्तमान परिस्थिति हेरेर अहिलेको खतरा हुनसक्ने आंकलन माओवादीले गरेको छ । संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ’, उनले भने ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्