भारतीय पूर्वसेनाप्रमुखहरु सेना दिवसको विशेष कार्यक्रममा [तस्बिर कथा]

शनिबार, फागुन ६, २०७९

काठमाडौँ– नेपाली सेना दिवसको विशेष कार्यक्रममा पहिलो पटक भारतीय सेनाका पूर्वप्रमुखहरु सहभागी भए । 

नेपाली सेनाको आमन्त्रणमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित २६० औँ सेना दिवसको विशेष समारोहमा उनीहरु पहिलो पटक सहभागी भएका हुन् ।

भारतीय पूर्वसेनाप्रमुख  विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह, दीपक कपुर र मनोज मुकुन्द नरवाणे सैनिक मञ्च टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रममा देखिए । 

नेपाली सेनाले आफ्नो २६० औं स्थापना दिवशको अवसरमा भारतीय सेनाका स्थल सेनाका प्रमुख मनोज पाण्डेसहित ११ पूर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरेको थियो। तर ती मध्ये ५ जना नेपाल आएका हुन् ।

नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाएको हो ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ। 

 

nepali sena shivratri141676728509.jpg

nepali sena shivratri151676728509.jpg

nepali sena shivratri181676728509.jpg

nepali sena shivratri191676728509.jpg

nepali sena shivratri201676728509.jpg

nepali sena shivratri221676728509.jpg

nepali sena shivratri91676728508.jpg

nepali sena shivratri101676728508.jpg

nepali sena shivratri41676728507.jpg

nepali sena shivratri31676728507.jpg

nepali sena shivratri121676728508.jpg

nepali sena shivratri111676728508.jpg

nepali sena shivratri71676728507.jpg

nepali sena shivratri81676728507.jpg

nepali sena shivratri11676728506.jpg

nepali sena shivratri21676728506.jpg

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्