पशुपतिनाथमा राष्ट्रपति भण्डारी [तस्बिर कथा]

 पशुपति क्षेत्रमा साधु–सन्त र दर्शनार्थीको घुइँचो
शनिबार, फागुन ६, २०७९

काठमाडौँ– महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छन् ।

आज राष्ट्रपति भण्डारीले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । 

President bhandari_Pashupati nath_cnnepal1676721855.jpg

हिन्दुहरूको प्रमुख चाडमध्ये एकमहाशिवरात्रि भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको मानिन्छ । यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।  

President bhandari_Pashupati nath_cnnepal141676721905.jpg

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । 

President bhandari_Pashupati nath_cnnepal151676721905.jpg

महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ । भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ ।पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

President bhandari_Pashupati nath_cnnepal81676721904.jpg

सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

President bhandari_Pashupati nath_cnnepal91676721904.jpg

सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । कोषले मन्दिर परिसरमा मासु, जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ नखान नगर्न आग्रह गरेको छ ।

कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ ।

President bhandari_Pashupati nath_cnnepal111676721904.jpg

President bhandari_Pashupati nath_cnnepal121676721904.jpg

President bhandari_Pashupati nath_cnnepal131676721904.jpg

President bhandari_Pashupati nath_cnnepal31676721903.jpg

President bhandari_Pashupati nath_cnnepal71676721903.jpg

President bhandari_Pashupati nath_cnnepal61676721903.jpg

President bhandari_Pashupati nath_cnnepal51676721903.jpg

President bhandari_Pashupati nath_cnnepal41676721903.jpg

President bhandari_Pashupati nath_cnnepal11676721902.jpg

President bhandari_Pashupati nath_cnnepal21676721902.jpg

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्