एमालेद्वारा प्रस्तावित व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : एमाले सचिव योगेश भट्टराई

शनिबार, फागुन ६, २०७९

सुर्खेत –नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिका उम्मेदवार नै विजयी हुने दाबी गरेका छन् । उनले राष्ट्रपतिमा एमालेले गर्ने प्रस्ताव नै सत्ता गठबन्धनको साझा उम्मेदवार हुने पनि दाबी गरे ।

प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले भने, ‘एमालेद्वारा प्रस्तावित उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ । गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ ।’

सचिव भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको पनि दाबी गरे ।

उनले भने, ‘त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो । त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो ।’ सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँ एमालेलाई खोज्दै आएको टिप्पणी पनि गरे । 
 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्