सेना दिवसमा सेनाको कौशलाभ्यास [तस्बिर कथा]

शनिबार, फागुन ६, २०७९

नेपाली सेनाले शनिबार २६० औं स्थापनाको दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाका जवानहरूले कला कौशल प्रदर्शन गरेका छन् ।

सैनिक दिवसको अवसरमा महाशिवरात्रि बढाइँ तथा कवाज, सशस्त्र कला, खुकुरी मार्सल आर्ट लगायतका कौशल प्रस्तुत गरिएको हो । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिन पारेर आफ्नो स्थापना दिवस मनाउन सुरु गरेको हो ।

नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइदैन । तर सन् १७४४ अर्थात विक्रम संवत १८०१ देखि नेपाली सेनाले देशको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ । 

सन् १७४४ मा तत्कालिन गोर्खा राज्यले संगठित गरेको नेपाली सेना मैदानमा उत्रिदासम्म दक्षिण एशियाका अरु देशमा आफ्नै सैनिक संरचना थिएन । त्यसैले नेपाली सेनालाई दक्षिण एशियाकै सबैभन्दा पूरानो सैनिक संगठन मानिन्छ ।

पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोट र सन् १७४४ मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको रूपमा चिनिन थालेको हो । भगिरथ पन्तको कमाण्डबाट शुरु भएको गोरखा राज्यको सेना हाल नेपाली सेनाका रुपमा प्रभुराम शर्माको नेतृत्वमा छ । 

२०६३ साल जेठ ४ गतेको तत्कालिन पुनस्र्थापित प्रतिनिधिसभाको घोषणबाट तत्कालिन शाही नेपाली सेनाको नाम नेपाली सेना बनाइएको थियो । त्यस लगत्तै २०६३ मा अन्तरिम संसद्ले सैनिक ऐन पारित गरी सेनामाथि राजदरवारको नियन्त्रण पूर्ण रुपमा अन्त्य गरी संसद्को माताहत ल्याएका हो । 

नेपाली सेनाको दिवसमा पहिलो पटक भारतीय सेनाका पूर्वप्रमुखहरूलाई पनि निमन्त्रणा गरिएको छ ।

16767065831541676708451.jpg

16767065831131676708439.jpg

16767065830721676708426.jpg

16767065829341676708406.jpg

16767065828461676708387.jpg

16767065827321676708374.jpg

16767065824671676708243.jpg

 

1676706582717 (1)1676708359.jpg1676706582568 (1)1676708260.jpg

 

16767065827021676708340.jpg1676706582587 (1)1676708276.jpg

16767065826251676708294.jpg

16767065826861676708318.jpg

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्