सभामुख र उपसभामुखलाई झापामा स्वागत

शुक्रबार, फागुन ५, २०७९

झापा– सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई झापामा स्वागत गरिएको छ ।

बिहीबार झापा आइपुगेका सभामुख र उपसभामुखलाई अहिले झापामा सम्मान, बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ ।

बिहीबार मात्रै बिर्तामोड नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन समारोहमा सभामुख घिमिरे र उपसभामुख रानालाई दर्जनभन्दा बढी विभिन्न संघसंस्थाले सम्मान गरेका थिए ।

आज बिहानै सभामुख घिमिरे र उपसभामुख रानालाई बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, सहारा नेपाल (साकोस) लगायतले सम्मान गरेका छन् । 

आजदेखि यही फागुन १४ गतेसम्म बिर्तामोडमा सञ्चालन हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटनका लागि झापा आएका सभामुख र उपसभामुखलाई यहाँका हरेक सामाजिक संघ–संस्थासहित झापा–२ अन्तर्गत पर्ने स्थानीय तहले सम्मान गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्