अनेरास्ववियुकाे नवनिर्वाचित केन्द्रीय कमिटी : कसले कति मत ल्याए ? [सूचीसहित]

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए ।

बडालले ९ सय ६२ तथा लामिछानेले ३ सय ५६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत)  निर्वाचित भएका छन् ।

महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भएका छन् । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाइँ अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी २ वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र ३ आयोग (अनुशासन, लेखा र निर्वाचन) मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा १ हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

कसले कति मत ल्याए हेरौंँ सूची :

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार