अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

बिहीबार काठमाडौंको कमलादीमा भएको निर्वाचनबाट बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार निर्वाचन भएको हो ।

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको थियो । जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, लोकेश निरौला, वाङ्ग्छु योञ्जन र महासचिव समिक बडालले उम्मेदवारी दिएका छन् ।

लामिछानेलाई पछि पार्दै बडाल विजयी भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार