भोट माग्दै अनेरास्ववियुका उम्मेदवार [तस्बिरहरू]

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ–  नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै छ ।

अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, लोकेश निरौला, वाङ्ग्छु योञ्जन र महासचिव समिक बडालले उम्मेदवारी दिएका छन् ।

यस्तै, ४ उपाध्यक्षका लागि पाटन क्याम्पसका स्ववियु सभापति झपिन्द्र खत्री, आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाही, धर्म गिरी, नारायण घर्ती, गोविन्द गिरी, प्रकाश भुजेल, सुजन भट्टराई र पंकज भण्डारीसहित १७ जनाले उम्मेदारी दिएका छन् ।

यसैगरी, १ महासचिवका लागि सुदर्शन शिवाकोटी, नरेश रोकाय, उमेश आचार्य, भाष्कर खनाल र कल्पना वाइबाको उम्मेदवारी परेको छ ।

६ खुला सचिवका लागि ७१ जनाको उम्मेदवारी परेको छ । 

बुधबार हुने तय भएको चुनाव आजका लागि सरेको थियो ।

यसैबीच, उम्मेदवारहरू निर्वाचनस्थल कमलादीस्थित प्रज्ञा भवन परिसरमा भोट माग्न व्यस्त देखिएका छन् ।

हेरौँ तस्बिरमा : 

akhil (1)1676528514.jpg

akhil (6)1676528515.jpg

akhil (7)1676528515.jpg

akhil (8)1676528513.jpg

akhil (4)1676528514.jpg

akhil (3)1676528514.jpg

akhil (2)1676528514.jpg

akhil (5)1676528515.jpg

akhil (9)1676528513.jpg

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्