पूर्वप्रधानमन्त्री खनाल आज भारत जाँदै

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल दुई दिने भ्रमणका लागि आज भारत जाँदै छन् ।

भारतीय कम्युनिस्ट पार्टी ( माक्र्सवादी लेनिनवादी ) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल भारतको पटना जान लागेको उनको सचिवालयले जनाएको छ ।

पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमण प्रतिनिधि मण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, खनालपत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा शंकर खतिवडा रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्