टुँडीखेलमा यसरी सजाइयो भगवान शिवको प्रतिमा [तस्बिर कथा]

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– २६० औँ सेना दिवसको अवसरमा विशेष समारोह आयोजनाको लागि नेपाली सेनाले तयारी गरिरहेको छ । 

टुँडीखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले हरेक वर्ष सैनिक दिवसको विशेष समारोह आयोजना गर्दै आएको छ ।

हरेक वर्षको शिवरात्रीका दिन सेना दिवसको कार्यक्रम आयोजना हुने गरेको छ । सेना दिवसको कार्यक्रमलाई लक्षित गरेर टुँडिखेलमा भगवान शिवको मूर्ति स्थापना गरिएको छ । 

shiva cnnepal photo61676467922.jpg

सेना दिवसको अवसरमा सैनिक मञ्चमा परेड तथा तोप–बढाइँ, कवाज, आतसबाजी लगायतका विभिन्न कार्यक्रमको प्रस्तुति गर्ने गरिन्छ । सेना दिवसको विशेष समारोह सेनाका परमाधिपति एवं राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने नेपाली सेनाले बताएको छ ।

shiva cnnepal photo21676467921.jpg

सेना दिवसको अवसरमा नेपाली सेनाले केहि बर्ष यता भने मञ्चको अगाडिपट्टि रहेको खुल्ला क्षेत्रमा भगवान शिवको प्रतिमा राख्दै आएको छ ।

सेना दिवसमा उपस्थित व्यक्तिहरुले सहजै भगवान शिवको दर्शन गर्न सकुन भन्ने उद्देश्यले भगवान शिवको प्रतिमा समारोह स्थलमा राख्ने गरिएको नेपाली सेनाले बताएको छ ।

shiva cnnepal photo11676467921.jpg

shiva cnnepal photo31676467921.jpg

shiva cnnepal photo51676467921.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्