नेभिगेशन
सुरक्षा–अपराध

मातेर युवकलाई कुटेको आरोपमा म्याकुरी पक्राउ

माेरङ– कलाकार पवन खतिवडा (म्याकुरी) लाई प्रहरीले पक्राउ गरेको छ । 

मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनलाई पक्राउ गरेको हो । 

मंगलबार राति मोरङको बेलबारीको एक होटलमा मदिरा पिएर बेलबारीकै स्थानीय युवकलाई कुटपिट गरेको आरोपमा म्याकुरीसहित २ जनालाई पक्राउ गरिएको बेलबारी प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध