नेभिगेशन
सुरक्षा–अपराध

निर्मला कुर्मीलाई न्याय दिने सहमतिपछि आन्दोलन स्थगित 

काठमाडौँ– ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् ।

विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरूले तत्कालका लागि आज (बुधबार) देखि आदोलन स्थगित गरेका हुन् ।

मंगलबार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरूले आजबाट आन्दोलन स्थगित गरेका हुन् ।

सरकारसँगको सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने सहमति भएको छ ।

त्यस्तै  आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरूको जिउ ज्यानको सुरक्षाका लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने सहमति भएको छ । 

महिला अधिकारकर्मी रुबी खानले निर्मला कुर्मीको न्यायका लागि यस पटक एसएसपीको नेतृत्वमा विशेष टोली बन्ने बताइन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध