जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –मुस्ताङको जोमसोमबाट पोखरा गइरहेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकी नदीमा खस्दा १७ जना घाइते भएका छन् ।

मुस्ताङको थासाङ–३ धम्पुमा बस दुर्घटना भइ कालीगण्डकीमा खस्दा  १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको अन्यको अवस्था सामान्य छ । घाइते भएका ११ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्