स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

मंगलबार, फागुन २, २०७९

काठमाडौँ–नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ । 

आज अनेरास्ववियुका महासचिव आरती लामाले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ५० प्रतिशत महिला सहभागी गराउन माग गरेकी हुन् ।

ज्ञापनपत्रमा संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको उल्लेख गर्दै स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला अनिवार्य सहभागी गराउन भनिएको छ । 

त्रिविले आगामी चैत ५ गते त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो ।  

samajwadi students1676390367.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्