बेहुलीझैँ सिँगारिँदै पशुपति [तस्बिर कथा]

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– महाशिवरात्रिको तयारीका लागि पशुपतिनाथ मन्दिर परिसर सिँगार्ने काम तीव्र बनाइएकाे छ ।

मन्दिर परिसरमा रङ रोगन गरेर बेहुलीझैँ सिँगारिँदै छ । आगामी शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ ।

महाशिवरात्रिका लागि छिमेकी देश भारत, श्रीलंकालगायतबाट साधुसन्तसमेत नेपाल आउने क्रम जारी छ ।

शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गर्छन् ।

शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भिड लाग्ने गर्छ ।

हेर्नुस् रंगाइँदै गरेकाे पशुपति परिसर-

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्