नेभिगेशन
समाज विविध

ग्वार्को फ्लाइओभर : ट्राफिक व्यवस्थापन चुनौती, जाम बढ्यो

काठमाडौँ– ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।

ग्वार्को चोकमा गत शनिवार फ्लाइओभर निर्माण सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।

फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा २ पांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना ४ पांग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन ।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलंकीसम्म मुख्य जाम हुने ३ ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो ।

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर १४ महिनाभित्र सक्ने लक्ष्य छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडकखण्डमा कोटेश्वरबाट कलंकीसम्म जाम हुने ३ क्षेत्रमा फ्लाइओभर निर्माण गरिनेछ ।

जसअन्तर्गत ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो । ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ ।

कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारीसाधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ  र्‍याम्प निर्माण गरिनेछ । सुरुमा ब्यारेकेडहरू राखेर काम सुरू गरिनेछ । काठमाडौँमा धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मन्त्रिपरिषद्को बैठक आज बस्दै

आज देशभरको मौसम कस्तो रहला ?