अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन सुरु

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– सत्तारुढ दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । 

हरेक ३ वर्षमा हुने राष्ट्रिय महाधिवेशन यसपटक ७ वर्षपछि हुन लागेको हो । 

यसअघि, एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता र विभाजन, एमालेको विभाजन आदि कारणले अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन हुन सकेको थिएन । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको प्रज्ञा भवनमा मंगलबार राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार