नेभिगेशन
समाज विविध

सेज सिमराको भवन भत्किँदा २ जना घाइते 

काठमाडौँ– विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण सिमराको निर्माणाधीन भवन भत्किँदा २ जना घाइते भएका छन् ।

आज भवन भत्किँदा २ जना घाइते भएकाे बारा प्रहरीले जनाएको छ । 

घाइते हुनेहरूमा मोरङ सुनवर्षीका २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे रहेका छन् ।

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

मन्त्रिपरिषद्को बैठक आज बस्दै

आज देशभरको मौसम कस्तो रहला ?