Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको संसदीय दल र केन्द्रीय समिति बैठक जारी

सोमबार, फागुन १, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा ४ बजे बैठक सुरु भएको हो । बैठकमा चितवन–२ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्नेबारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने पनि बताइएको छ । 

रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो ।

यद्यपि, सरकारलाई समर्थन भने जारी राखेको छ । आजको बैठकमा सत्तारुढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्