नेभिगेशन
समाज विविध

फाइजरको वाई भ्यालेन्ट खोप पहिलो पटक आयो

काठमाडौँ –फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल आइ पुगेको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप नेपाल आइपुगेको जानकारी दिए ।

उनका अनुसार १५ लाख डोज आउनुपर्नेमा पहिलो चरणमा फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट भित्रिएको हो । फेरि केही दिनमै क्रमिक रुपमा खोप आउने पनि उनले बताए ।

कोभ्याक्स सुविधानअन्तर्गत प्राप्त यो खोप नेपालका लागि पहिलो हो । ४, ८, ११ र १५ फागुनमा क्रमिक रूपमा यो खोप आउने स्वास्थ्य सेवा विभागले  जनाएको छ ।

गाभीमार्फत प्राप्त खोपलाई टेकुस्थित विभागमा भण्डारण गरिएको छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निषा पराजुलीका अनुसार यो खोप बुस्टर डोजको रूपमा प्रयोग हुनेछ । बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुनमा आइपुग्नेसमेत उनले बताइन् । 

नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने बताइएको छ । यो खोपको आपत्कालीन प्रयोगका लागि गत १२ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

रसुवा बाढी : ७ जनाको शव फेला