फागुन १ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

शान्ति समाजको गम्भीर आपत्ति
आइतबार, माघ २९, २०७९

काठमाडौँ– सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि माघ २४ मा बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को  बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

त्यस्तै, कर्णाली प्रदेश सरकारले पनि फागुन १ गते सोमबारका दिन बिदा दिने निर्णय गरेको थियो ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। 

त्यसैगरी, मानव अधिकार तथा शान्ति समाजले फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । समाजले एक विज्ञप्ती जारी गर्दै यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल रहेको बताएको छ । 

bida1676206780.jpg

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्