नेभिगेशन
अर्थ विविध
बजेटकाे मध्यावधि समीक्षा

६ महिनामा ३२ प्रतिशत बजेट मात्रै खर्च, पुँजीगत खर्च निराशाजनक

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा सरकारले जम्मा ३२ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।

सरकार साउनदेखि पुस महिनासम्म जम्मा ५ खर्ब ७६ अर्ब ३४ करोड ७८ लाख रूपैयाँ बजेट मात्रै खर्च गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए । 

अर्थमन्त्री पौडेलले आइतबार प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा प्रस्तुत गरेका थिए । 

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालु खर्चतर्फ ३८. ४६ प्रतिशत बजेट मात्रै खर्च भएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।

जसमा ४ खर्ब ५५ अर्ब १२ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ । यसअन्तर्गतको बजेट तलब, भत्ता र सरकारी सेवा सुविधामा खर्च हुन्छ । 

यस अवधिमा पुँजीगत खर्च भने १४.५ प्रतिशत मात्रै भएको समीक्ष प्रतिवेदनमा उल्लेख छ । सरकारले पुँजीगत खर्च गर्न नसक्नुको अर्थ पूर्वाधार विकासको काम अत्यन्त सुस्त हुनु हो । 

६ महिनामा पुँजीगत बजेटको एक चौथाइ पनि खर्च हुन नसक्नु निराशाजनक अवस्था हो । 

६ महिनामा ५३ अर्ब ४५ करोड ५२ रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ । पुँजीगत बजेट विशेषतः विकास निर्माणका लागि छुट्टयाइएको बजेट हो । समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ ६७ अर्ब ७६ करोड ५४ लाख अर्थात २९.४४ प्रतिशत बजेट मात्रै खर्च भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध