Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोसी एक्स्पोमा ३० करोड रुपैयाँको करोबार

आइतबार, माघ २९, २०७९

विराटनगर–विराटनगरमा आयोजित सीएनआई कोसी एक्स्पो ४ लाख दर्शकले अवलोकन गरेका छन् । 

एक्स्पो १९ माघदेखि विराटनगरस्थित शंकरपुर मैदानमा आयोजना गरिएको थियो । 

आयोजककाअनुसार एक्स्पोको ४ लाख दर्शकले अवलोकन गरेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको एक्स्पोमा स्थानीय उत्पादन प्रवद्र्धनमा सहयोग पुगेको अध्यक्ष भीम घिमिरेले बताए । 

एक्स्पोमा ४०० वटा स्टल राखिएका थिए । अध्यक्ष घिमिरेले महिला उद्यमी, साना तथा लघु, घरेलु उद्यमीहरूको उत्साहपूर्ण सहभागिता रहेको बताए । साना उद्यमीहरूलाई निःशुल्क रुपमा स्टल उपलब्ध गराइएको थियो ।

एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले स्थानीय र औद्योगिक उत्पादनको प्रचार तथा प्रवद्र्धनमा बल पुगेको बताइन् । एक्स्पोमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकको दाबी छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्