महिला टी–ट्वान्टी विश्वकप : पाकिस्तान र भारत तथा श्रीलंका र बंगलादेश भिड्दै

आइतबार, माघ २९, २०७९

काठमाडौँ –दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आइतबार दुई खेल हुँदैछन् ।

पहिलो खेल समूह ‘बी’ मा रहेका पाकिस्तान र भारतबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ ।

दोस्रो खेल समूह ‘ए’ मा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति पौने ११ बजेबाट सुरू हुनेछ । दुवै खेलहरू केपटाउनमा हुनेछ ।

शनिबार भएका खेलमा साविक विजेता अष्ट्रेलिया र इंग्ल्यान्ड विजयी भएका छन् । अष्ट्रेलियाले न्युजिल्यान्डलाई ९७ रन तथा इंग्ल्यान्डले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेका हुन् ।


 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्